Saturday, March 7, 2015

पाइलट पढ्न चाहने हरुका लागी


मेडिसिन र उडान क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि फिलिपिन्स राम्रो गन्तव्य बन्दै गइरहेको छ। तुलनात्मक रुपमा फिलिपिन्समा नेपाली विद्यार्थी सर्वसुलभ शुल्कमा विश्वस्तरीय विश्वविद्यालयबाट योग्यता हासिल हुने भएकाले फिलिपिन्स आकर्षण बन्दै गएको आइन्सटाइन इन्टरनेसनलका प्रबन्ध निर्देशक सुशील रेग्मी बताउँछन्।
      कुनै समय फिलिपिन्स युरोपेली र अमेरिकी उपनिवेश थियो। राष्ट्रिय भाषा तगालोक र क्षेत्रीय स्तरमा विभिन्न भाषा भए पनि यहाँको शैक्षिक प्रणाली अंग्रेजी भाषामा चल्छ।
आइन्सटाइन इन्टरनेसनलका प्रबन्ध निर्देशक रेग्मीका अनुसार फिलिपिन्समा ९५ प्रतिशतले अंग्रेजी बुझ्ने भएकाले शैक्षिक भाषाको माध्यम अंग्रेजी बनाइएको हो। विशेषगरी मेडिसिन फिल्डका विद्यार्थी फिलिपिन्समा उच्च शिक्षा हासिल गर्न जाने भएकाले विद्यार्थीले प्लस टु विज्ञानमा पास गरी भौतिकशास्त्र, रसायनशास्त्र र जीवविज्ञानमा ५० प्रतिशतमाथि अंक ल्याएको हुनुपर्छ।

फिलिपिन्समा मेडिकल पढ्न जाँदा सुरुमा डेढ वर्षको ब्याचलर इन बायोलोजी गर्नुपर्छ। त्यसपछि विद्यार्थीले नेसनल मेडिकल एडमिसन ट्रस्ट (एनएमएटी) पास गर्नुपर्छ। यसमा विद्यार्थीले ४० प्रतिशत अंक अनिवार्य ल्याउनुपर्छ। त्यसपछि ४ वर्षे एमडी कोर्स सुरु हुन्छ। विद्यार्थीले यसअन्तर्गत २ वर्ष ह्युमन साइन्स र २ वर्ष क्लर्कसिपको पढाइ गर्नुपर्छ। त्यसपछि एक वर्ष अस्पतालमा इन्टर्नसिप।

'फिलिपिन्समा मेडिकलका विद्यार्थीले साढे ६ वर्षमा बिएसएमडी पूरा गर्छन्,' रेग्मीले नागरिकसँग भने, 'विश्वस्तरीय विश्वविद्यालयबाट गुणस्तरीय डाक्टर फिलिपिन्समा उत्पादन हुने भएकाले त्यहाँ डाक्टरी पढेकाहरु विश्वबजारमा विक्छन्।' उनका अनुसार मेडिकल पूरा गर्न विद्यार्थीले ३० देखि ४५ लाख नेपाली रुपैयाँ खर्च गरे पुग्छ। फिलिपिन्समा प्रतिभा पलायन होइन कि पढेर स्वदेशमै फर्केर काम गर्ने किसिमको शिक्षा प्रणालीले विद्यार्थीलाई राष्ट्रियता सिकाउँछ।

शिक्षा मन्त्रालयका अनुसार नेपालबाट विदेशमा उच्चशिक्षा हासिल गर्न जाने देशमा फिलिपिन्स दसौं गन्तव्य देशमा पर्छ। विशेष गरी स्वास्थ्य विज्ञान, पाइलट, आइटी अध्ययनका लागि फिलिपिन्स विद्यार्थीको रोजाइ बन्दै गएको मन्त्रालयका उपसचिव नन्दलाल पौडेलले जनाए।

वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखाका प्रमुख पौडेलले फिलिपिन्समा डाक्टरी पढ्न जानेको संख्या बढेको बताए। मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत पुस मसान्तसम्म कुल ६५ देशका लागि १५ हजार ८६ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन्। जसमध्ये फिलिपिन्सका लागि १ सय २९ ले लेटर लिएका छन्।

सुलभ शुल्क र सुरक्षित वातावरणमा उच्च शिक्षा हासिल गर्ने भएकाले विद्यार्थीको रोजाइ फिलिपिन्स बन्दै गएको उनको भनाइ छ। प्राविधिक र व्यावसायिक शिक्षाको उत्तम थलो फिलिपिन्स भएकाले विद्यार्थीले त्यहाँबाट डिग्री हासिल गरेपछि विश्वमै अवसर पाउने पौडेलले जनाए। 'अन्य देशका लागि नो अब्जेक्सन लेटर लिनेहरु सबै पढ्न जाँदैनन् तर फिलिपिन्स भने जाने निश्चित भएकाहरुले मात्र लेटर लिन्छन्,' उपसचिव पौडेलले नागरिकसँग भने, 'लेटर लिनेमध्ये ९० प्रतिशत डक्टरीका छन्।'

फिलिपिन्सको शैक्षिक संस्थाका पाठ्यक्रम स्वीकृत गर्ने सरकारी शैक्षिक निकाय चेडका अनुसार फिलिपिन्समा विश्वविद्यालय, कलेज तथा तालिम इन्स्टिच्युट गरेर २ हजार २ सय ९९ संस्था छन्। ६ सय ५६ फिलिपिन्स सरकारबाटै सञ्चालित विश्वविद्यालय तथा कलेज छन्। ५ सय ४७ स्टेट विश्वविद्यालय तथा कलेज छन्। यसैगरी ९५ वटा स्थानीय विश्वविद्यालय तथा कलेज छन् भने १ हजार ६ सय ४३ निजी स्तरबाट सञ्चालित कलेज तथा विश्वविद्यालय छन्। १४ वटा प्राविधिक शिक्षालय छन्।

विद्यार्थीका लागि फिलिपिन्स उत्तम देश बन्दै गएको नयाँ बानेश्वरमा रहेको नर्थ फेस इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रविन्द्र दहालले बताए। उनका अनुसार फिलिपिन्सको भिसा प्रक्रिया निकै सहज भएकाले पनि विद्यार्थीका लागि उच्च शिक्षाको गन्तव्य बन्दै गएको हो।

एसियाकै सबैभन्द बढी आइएसओ प्रमाणित विश्वविद्यालय फिलिपिन्समा छन्। सरल किस्ताबन्दीमा सेमेस्टर अनुसार शुल्क बुझाउने प्रावधानले विद्यार्थीलाई आर्थिक भार पर्दैन। ९६ प्रतिशत साक्षरता भएको फिलिपिन्समा विश्वका ३० देशबाट बर्सेनि १० हजार विद्यार्थी उच्च शिक्षा हासिल गर्न जान्छन्।

पाइलट ट्रेनिङका लागि फिलिपिन्स विश्वमै राम्रो मनिएकाले समेत विद्यार्थी एकवर्षे कोर्सका लागि जाने गरेको उनी बताउँछन्। पाइलट ट्रेनिङका लागि विज्ञानमा भौतिक शास्त्र र गणित विषय लिएर प्लस टु पास गरेको हुनुपर्छ। पाइलट पढ्न चाहने नेपाली विद्यार्थीले १८ वर्ष उमेर पूरा गरेको र नागरिक उड्डयन प्राधिकरणबाट रिकमेन्डेसन लेटर लिएको हुनुपर्छ। ४०–४५ लाख नेपाली रुपैयाँमा पूरा हुने यो तालिम तुलानात्मक रुपमा अन्य देशभन्दा सस्तो रहेको दाहालले जनाए।

'नेपालमा नयाँ प्लेन तथा एयरलाइन्स थपिँदै गइरहेको अवस्थामा फिलिपिन्सका पाइलट इन्स्टिच्युटबाट तालिमप्राप्त पाइलटले कामको अवसर पाउँछन्,' दाहालले भने, 'पाइलटको ट्रेनिङ सकेर नेपाल आएका विद्यार्थीले नागरिक उड्डयन प्राधिकरणको कन्भर्जर परीक्षा पास गरेपछि मात्र प्लेन उडाउन पाउँछन्।'

चुनौती
फिलिपिन्स जाने विद्यार्थीले सुरुमै छात्रवृत्ति पाउँदैनन्। छात्रवृत्तिका लागि कम्तीमा १ वर्ष पढेपछि मेरिट लिस्टमा नाम निकाल्नुपर्ने हुन्छ। विद्यार्थीलाई आर्थिक चुनौती सामना गर्नुपर्ने भएकाले यसबारे पहिल्यै तयारीसाथ जानुपर्ने निर्देशक दाहालले बताए। साथै, पिआरको व्यवस्था नभएकाले पढाइ सकिनासाथ देश फर्कनुपर्ने भएकाले विद्यार्थीले त्यसको तयारी गर्नुपर्ने हुन्छ।

नठगियूँ
विद्यार्थीले फिलिपिन्सका आधिकारिक विश्वविद्यालयको प्रतिनिधिबाटै परामर्श लिएर जाँदा ठगीबाट जोगिइन्छ। विद्यार्थीले आफू अध्ययन गर्ने विषय, विश्वविद्यालय, शुल्क र पाठ्यक्रम र वातावरणबारे आफैं पनि वेबसाइटबाट बझ्नुपर्ने सुझाउँछन् उनी। फिलिपिन्सको आधिकारिक कन्सुलर तीनकुनेमा छ। विद्यार्थीले त्यहाँ गएर सही सूचना लिन सक्छन्।

डाक्टरी अध्ययन गर्न चाहने विद्यार्थीले नेपाल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त विश्वविद्यालय वा कलेजमा मात्र भर्ना गराउन मिल्ने भएकाले यसबारे विद्यार्थी पहिल्यै सचेत हुनुपर्छ। पाइलट तालिमका लागि अध्ययन गर्न चाहने विद्यार्थीले सम्बन्धित फ्लाइङ स्कुल नेपालको नागरिक उड्डयन प्राधिकरणको मान्यता भए नभएको पहिल्यै बुझनुपर्छ। यसैगरी विद्यार्थी फिलिपिन्स जानुअघि मेडिकल काउन्सिलबाट एलिजिबिलिटी प्रमाणपत्र लिनुपर्छ। पाइलट अध्ययन गर्न फिलिपिन्स जाने विद्यार्थीले जानुअघि नागरिक उड्डयन प्राधिकरणको रेकमेन्डेसन लेटर लिएर मात्र नो अब्जेक्सन लेटर लिनुपर्छ। 'फिलिपिन्समा मान्यताप्राप्त र सुरक्षित वातावरणमा विद्यार्थीलाई अध्ययन गराउन यो व्यवस्था गरिएको हो,' निर्देशक दाहालले भने, 'यसले विद्यार्थीको शैक्षिक लगानी सुरक्षित हुन्छ।'

Fire in Abu Dbabi near zayed port




Monday, June 30, 2014

िबदेिसएकी आमाकी अबोध छोरी

आमा हजुर कहिले आउनु हुन्छ ?नर्सरी पढदै गरेकी छोरीले सोधीन तिमी कक्षा तिनमा पुग्दा छेवैमा बसेका छोराले हातको औला भाँच्दै भन्यो ए म त त्यतिबेला कक्षा पाँचमा पुग्छु हगी आमा ?सुन्तलीले टाउको हल्लाईन कुन देशमा हो नि हजुर जाने ?इजरायल ए कता होला नि त्यो ? पल्लाघरे काका अरब कालेको बा दुबई बासघाँसी ठुला बा हङकङ ऊ त्यो छुचि छ नि मलाई मनै नपर्ने काली त्यसको बा पनि अरब हो रे । हजुर त कता हो कता ? टाढा होला हगि आमा ? किन नी हजुर मात्र त्यहाँ ?आमाहरु त्यहाँ जानु हुन्छ क्या......। आमाहरुले मात्र काम गर्ने ठाऊ होला नि होईन त आमा....? टाउको हल्लाउदै भुन्टेले सोध्यो सुन्तली उत्तरविहिन भएर उनीहरुका कुराहरु सुनिरहन्छिँुुन । सबै जनाका बाहरु जान्छन हाम्रो त हजुर किन नी.....? बा लाई जान भन्नु न....? अनि यँहा अरुको आमाले जस्तै हजुरले हामीलाई घुमाउन लैजाने मिठो मिठो खान दिने राम्रा राम्रा लुगाहरु किन दिने गर्न हुन्थ्यो नी १ अनि नि आमा बिर्सीने होईननी फेरी अहिलेको दशैमा टँुडीखेलमा मैले रोजेको च्याङग्रो कति ठूलो थियो । हजुरले अर्को दशैमा है बाबु भन्नु भएको छनी....। हामीहरुलाई केके ल्याईदिनुहन्छ नी.....। भुन्टी लाई ठुलो गुडिया भए हुन्छ म त त्यतीबेला सम्म ठुलो भईसक्छु मोटरसाईकल है ? हुन्न त भुन्टी ? भुन्टी ले हुन्छ भन्दै टाउको हल्लाउछे । सुन्तली वाल्लपरेर उनीहरुका माग र रहरहरु सुनिरहन्छिन । होइन आज सुत्नै नपर्ने रहेछ की क्याहो ? छोरा छोरी संँग गफ गरेर बसेकी छौ त ? भित्तामा घडी हेरत कति बज्यो ? कमसेकम छोराछोरी लाई समयमा सुत्न त दिनु पर्छनि । भोली स्कूल जाने बेला सम्म सुतिरहन खोज्छन फेरी यिनिहरु पल्लो कोठाबाट भुन्टेका बा कराए । भान्छा कोठामा कुरागरेर बसेका सबैजना पल्लो कोठा तिर लागे । भोली त जाने दिन, छोराछोरी लाई सम्झाएर छाडन पाए भनेर ....। नत्र पछि सातो जान्छ भन्छन । हजुर सुत्नु, म एकछिन यिनिहरु संग कुरा गर्छु । यति भन्दै सुन्तली छोराछोरी लिएर फेरी भान्छा कोठामा नै गईन । परदेशको यात्रा भन्छन समयले कहाँ सम्म पुर्याउने हो न भाग्यमा त्यहीदिन नै परिवार संगको अन्तिम पो लेखेको छ की ? थोरै समय होईन पाँचबर्ष भनेको । यतिबेला सम्म आफ्नै हातले सुसार गरेर हुर्काए कहिले यिनिहरुका आँखाबाट आँसु बग्न दिइन । जे मागे पनि दिनसके दिन्थे नत्र फकाएर भए पनि खुशी नै राखेकी थिए । स्कुल बाट आएपछी गृहकार्य गराउन लगाएर खेल्न पठाउँथे फर्केर आउदा संगै खान्थ्यौ र सुत्ने बेलामा शिशिर बसन्त, रामायण र स्वस्थानीका कथाहरु सुनाउथे । स्वस्थानीका पात्र नवराज साह्ै मन पथ्र्यो यिनिहरुलाई । शिशिर बसन्तका कथामा यिनिहरुले आफ्नो आमा नभएपछी पाएका दुःखहरु सुनेर बिचरा...है आमा भन्थे । भोलीबाट खै यि कामहरु कस्ले गरीदेला यिनिहरुलाई । लोग्ने मान्छे बारका दाउरा हुन भन्छन । माया त साह्ै गर्छन नि तर मैले जस्तै खुशी राख्न सक्लान् र ? छोराछोरीलाई धेरै सम्झाउन मन लागेको थियो । तिमिहरु ज्ञानी बन्नु बाबालाई दुःख नदिनु, भनेको मान्नु स्कुलमा धेरै नचल्नु, वल्लोघर पल्लोघर का साथीहरु सबै संग मिलेर खेल्नु है.....? यति भन्दा भन्दै मुटुमा भक्कानो परेर आयो दुवैलाई च्यापेर रुन थालिन । आमा १ बाहिर जाँदा कहाँ जाने भनेर सोध्नु हुदैन अनि रुनु पनि हुदैन, रोयो भने काम बन्दैन र बिरामी परिन्छ भन्नु भएको होईन र तपाईले हामीलाई ? हामी त रुदैनौ हगि दादा । हजुर टाढा जानु हुन्छ, विरामी पर्नु भयो भनेनी ? हजुर पनी नरुनु है भन्दै आशु पुछी दिन्छन । मैले भनेका कुराहरु सम्झिरहनु र त्यसै गर्नु है । ल हिड सुत्न जाँउ...। आमा म तीनमा जादा आउनुहुन्छ हैन त ....? हो बाबा हो कति त्यही मात्र सोधीरहेकी ? यता भुन्टेका बा पनि कहाँ निदाउन सकेकाछन र ? ओछयानमा यता उता पल्टदै सोचिरहेका छन । उनको जीवनमा हरेक दुःख सुखमा आफ्नो प्राण भन्दा बढी माया गर्ने सुन्तली परदेश लाग्दैछ । उनले पनि पठाउन चाहेका त थिएनन । ब्यवहार बिग्रीर्दै गयो । देशको स्थीती सुध्रीएला र केही गरौला भन्दाभन्दै सबै गुमीसक्यो । भान्छामा आमासंगै छोराछारीले बालाई पठाईदिनुन हजुर किन जाने नि भनेका कुराहरु र सुन्तली चुप बसेको थाहा पाएर उ ओछ्यानमा एक्लै रोएका थिए । छोराछोरीले भनेका कुराहरु सही थिए तर बिचराहरुलाई बा जान खोज्दा धरै पैसा डुबेर ब्यवहार बिग्रीएको के थाहा । अब सुन्तली पनि न जाने हो भने यही भएको बास पनी बेच्नु पर्ने हुन्छ । त्यसपछिका दिनहरु कसरी बित्लान् सम्झदा पनी अतालिन्छन् सुन्तलीले केही बर्ष दुःख गरी भने पछी त सुखका दिन आउलान् नि । रामेले सुन्तलीसंग केही भन्न चाहेका थिय तर मुटुमा भक्कानो परेर आयो केही बोल्न सकेनन् भित्ता पट्ी फर्केर रोईरहे शिरानी भिज्ने गरी । ए आज त सुन्तली परदेश जाने दिन हो, छिटो छिटो घरको काम सकेर हेर्न जानु पर्छ भन्दै पधेर्नीहरु हतार हतार गरिरहेका थिए । सुन्तली र रामे भने एक अर्काको अनुहार हेर्न समेत सकेका थिएनन् । उनीहरुको मन चुक छरिए जस्तै अँधेरो थियो । घर भरी इष्टमित्र आफन्त र छरछिमेकीहरु जम्मा भएका थिए सुन्तलीको विदाइको लागि । आठ बजेर दश मिनेट जाँदा सुभसाइत छरे पल्लाघरे पण्डीत बाजेले भन्नुभएको भन्दै रामे आईपुग्यो । सुभदिनको सुभयात्रा भन्दै रातो अक्षता लगाईदिइन सासुले । नन्द र भान्जा भान्जी हरुले फुल हातमा दीए । सुन्तलीले पनी भान्जाभान्जी र छोरालाई टीका लगाइदिइन् । छोरीलाई देखीनन् । आँखा भरी बादल लागेर दिननै अध्यारो भएको थियो बिचरीको लागि । होईन भुन्टी देख्दीन नी कता गईन । भिडको बिचबाट कसैले देखाए ऊ .......उनी त कौसीमा साथीहरुसंग रमाउदै सबैजनालाई हेरेर बसेकी रहीछीन ।बोलाएर टिका लगाई दिइन भुन्टी दगुर्दै पहिलेकै ठाउमा गएर बसिन । जतिबेला भुन्टीले आमालाई हेर्थिन । उनको प्रश्न त्यही थियो..म तिनमा जाँदा हैन त ? आँखा बाट आशु झार्दै विदा भईन सुन्तली । रामे यएरपोर्ट सम्म पुर्याउन आए । भित्र पुगिसके पछि ल त है भन्दै रामे निस्के सुन्तलीले पछाडी फर्केर हेर्दा उनी टाउको निहुराउदै आशु पुछदै बाटो काटिसकेका थिए । एयरपोर्ट बाट प्लेन उडेर नेपाल छोडदै थियो । सुन्तलीले आँखा चिम्म गरेर सबै भगवान संग आफ्नो परिवारको रक्षागरिदीनु भनेर प्राथना गर्दै हात जोडीरहेकी थिईन् ।आकाशको उडान सफल भयो । निश्चित समयमा नै सुन्तलीले सकुशल काम शुरु गरीन सबैै परदेशी साथीहरुको जस्तै दुःख र पिडाहरु छ उनी संग पनी । घर र परिवारको सुखद भविष्यको कल्पना पनी छ । विछोडको सम्झना पनि ताजै थियो तर पनि आफ्ना दुःख सम्झेर सबै बिर्सन बाध्य थिईन उनी । विस्तारै विस्तारै ब्यवहार छाँटिदै गएपछी भने अली आत्तिन छाडीन । अब भने हरेक सम्झनामा प्यारा छोराछोरी र लोग्ने लाई भेट गर्ने दिन गन्दै बसेकी थिईन । दशंै लागेको बेला पोहोर दशैमा छोराले रोजेको च्याङग्रो किनीदिनु, बजार घुमाईदिनु, रोजीरोजी कपडाहरु किनीदिनु भुन्टीलाई पनि खुशी राख्नु है भन्नुपर्यो भन्दै फोन गरिन । भुन्टका बा बाख्रालाई घाँस काटन् गएछन । भुन्टे पनि बा संगै गएछ । भुन्टीले फोन उठाइन । आमा दशैमा बाले दादाले रोजेको च्याङग्रो र मलाई ठुलो गुडिया किनीदिन्छु अनी बजार पनि घुमाई दिन्छु भन्नुभाको छ । अब हजुर आए हुन्छनी त । हामीलाई केही पनि ल्याउनु पर्दैन । दशैमा जसरी पनी आउनुु है ?मलाई कस्तो देख्न मन लाछ हजुर लाई । उही चन्चले बानी, फतफते तोतेबोली सुनिरहन्छिन सुन्तली । बाबा मलाई देख्न मन लागेको बेलामा मैले पठाएको फोटो हेर है । आमा आमा त्यहाँ त पाईन्ट लगाएको छ,यहाँ आउदा त साडी लाउनु है नत्र त सबैले गिज्याउछन नि । भुन्टीका कुराहरु नसकिदै फोनकार्ड सकियो । सुन्तली काममा गईन । रामेलाई घरको आईमाईको काम देखी सबै धान्न धौ धौ भएको थियो । जति वेला पनी व्यस्तनै थियो । ऊ संग सुन्तलीले दशैको बारेमा केही भन्न पाएकी थिइनन । छुट्ी मिलाएर अर्को हप्ता पनि फोन गरिन । त्यो दिनमा पनि उनले भुन्टे र रामेलाई भेटन सकिनन फोनमा उनै प्यारी छोरी भुन्टी मात्र थिइन आज पनी । खै आजत के भएछ फोनमा नै रुन थालिन भुन्टी । छोरी रोएको सुनेपछि सुन्तलीको मन के थामिन सक्थ्यो र ? किन बाबा किन रोएको भन त के भयो ? अब दशै आउन लागेको छ, स्कुल पनी छुट्ी हुन्छ, बाले घुमाउन लैजानु हुन्छ । त्यहाँ तिमि रोयो भने म पनी रुन्छु, नरोउ है छोरी । के भयो भन त ? म तिनमा पुगेपछी आउछु भन्नु भएको हौईन त हजुरले ? त्यसैले म आज तिनमा गएर बसेकी अनि मिसले निकाली दिनुभयो । कति छुच्ची मिस हगि आमा । भोली त विहानै गएर मिसले नदेख्ने गरी पछाडी बेन्चमा गएर बस्छु अनी हजुर आउनु आउनु है......?